Uncategorized
सडक र व्यापारिक मार्गका लागि ५४ अर्ब ऋण स्वीकार
0SHARES

२५ असार, काठमाडौँ ।
मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार भएको सरकारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । सहरी क्षेत्रको शासकिय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ ।
सो रकमबाट देशभरीका २९ नगरपालिकाको पूर्वाधार र शासकिय क्षमता अभिवृतिको काम अघि बढ्ने प्रवक्ता डा. खतिवडाले बताए । यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।