Uncategorized

लकडाउनका कारण पर्यटन र हवाई क्षेत्रमा ३४ अर्बको क्षति

0SHARES




नेपाल टाईम्स

१९ असार, काठमाडौं । लक डाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले कल डाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरेपनि लक डाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्नसक्ने अनुमान गरिएको छ ।

पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । लक डाउनको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ ।

मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नविकरण दस्तुरमा लक डाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । लक डाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लक डाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ । मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावरनिर्माण सम्पन्न गरेको छ ।

यस्तै एकिकृत विद्युतिय सञ्जाल सम्बन्धि एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडान मार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेको छन् ।




Source link

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close