Uncategorized
नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो
0SHARES

२५ असार,काठमाडौं ।
नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।
वितरकहरुले दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको उनले बताए ।
नेपालको बारेमा गलत टिकाटिप्पणी गर्दै आएका भारतीय मिडियाहरुले पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेका थिए ।